हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर अन्तर्गतको च्याम्पिएन चेज हङ ताम पहिलो , हङकङ चिन दोस्रो , सन्तोष तामाङ नेपाल तेस्रो , तमी युङ बेलायतले भए यसै गरी ५० किलोमिटर महिलातर्फ प्रथम हङ क्यु ल्योङ बेलायत ,दोस्रो पाक ई मङ हङकङ चिन र तेस्रो जुलीयामित लेप्चा भारत भएका थिए । साथै १२ किलोमिटर अन्तर्गत च्याम्पिएन म्याथ्थु क्यारी बेलायत प्रथम , यू जेस्पर याम हङकङ दोस्रो, जर्म डी क्यालेरन्स फ्रान्सले तेस्रो स्थान प्राप्त गरेको थियो। त्यसैगरी महिला तर्फ १२ किलोमिटर अन्तर्गत प्रथम सीउ साङ सान लाउ हङकङ चिन , दोस्रो इलाने एप्सटोल फिलिपिन्स तेर्सो जेसी याहु हङकङ भएको थियो। कार्यक्रममा विजयी धावकहरूलाई नगद र ट्रफी प्रदान गरिएको थियो । यसै गरी विभिन्न उमेर समूह महिला समूहहरूका पहिला, दोस्रो र तेस्रो हुनेहरूलाई ट्रफ्री प्रदान गरिएको थियो । निर्धारित समयमा दौड पूरा गर्ने धावकहरूलाई फिनिसार मेडल प्रदान गरिएको थियो। कार्यक्रमका सम्पूर्ण प्रतियोगी धावकहरूलाई ब्लू माउन्टेनको एचके डलर १०० को सपिंङ कुपन दौड टिसर्ट खाजा फलफूल हल्का पेय पदार्थ खाना उपलब्ध गराइएको थियो । हङकङ र विदेशी धावकहरूले आयोजकहरूको व्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको नेपाली महावाणिज्य दूत डा. बिन्देश्वर लेखकले हर्न बजाएर उद्घाटन गरेका थिए। प्रतियोगिता आरम्भमा महावाणिज्य दूत डा. लेखकले नेपाली समुदायबाट हङकङमा अन्तरार्ष्ट्रिय स्तरमा दौड प्रतियोगिता हुनु र मासिक पदमार्गहरू सरसफाइ गर्दै आएको संस्थाको काम प्रति सह्राना प्रकट गरेका थिए । किरात याकथुङ चुम्लुङ्- कलाङ् समूहको लिम्बु नृत्य र तामाड ध्याधुड सेलो नृत्य अरूणा शर्माको एकल नृत्यहरू प्रस्तुति थियो । प्रतियोगिता आयोजक संस्था हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) ले विगत दुई वर्षबाट वातावरण र खेललाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । मासिक पदयात्रा सरसफाइ बालबालिकाहरूलाई निःशुल्क दौड तालिम दिंदै आएको छ । विजयी धावकहरूलाई संस्थाका अध्यक्ष तथा सल्लाहकारहरू र प्रायोजकहरूबाट ट्रफी र नगद समेत प्रदान गरिएको थियो । दौड कार्यक्रमको संस्थाका सचिव बसन्त आम्बुहाङ लिम्बू र चिनियाँ के लिमले गरेका थिए । संस्थाको अध्यक्ष बेदराज लिम्बुले सहभागी धावकहरू सहयोगी व्यक्ति र संस्थाहरूलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...
एकचालीस देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वीकार्य छैन : मोदी
काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषणमा उनले भने कि तनाव समाप्त हुनुपर्छ। समस्याको एक मात्र समाधान वार्ता हो ।
प्रधानमन्त्रील...



