रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा
काठमाडौँ । दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा यो युद्धविराम घोषणा गरेका हुन्। उनले युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन् ।
यद्यपि किएभ प्रशासनले विजय उत्सवको वार्षिकोत्सव कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले कुनै पनि आपराधिक कार्य गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अष्ट्रेलियाको १६ वर्षमुनिका सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न मेटाको आग्रह
काठमाडौँ । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।
गत वर्ष डिस...
इरानबाट अमेरिकी नागरिक रिहा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् र स्वास्थ्य अवस्था पनि...
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक...
पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव
मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुव...
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा
काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बत...



