सोमबार, २६ असोज २०८३
नेपाली

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

Main News Image

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण निम्ति तम्तयार छ। पहिलो संस्करणको फलतासँगै नयाँ उत्साह, ऊर्जा र अपेक्षासहित आजदेखि एनपिएलको दोस्रो संस्करण सुरु हुन लागेको हो।

अघिल्लो संस्करण खुला चौरमा बसेर एनपिएल हेरेका समर्थकले दोस्रो संस्करणको मज्जा भने प्यारापिटमै बसेर लिन पाउनेछन् । यसका अतिरिक्त, त्रिवि क्रिकेट रंगशालमा फ्लड लाइट पनि जडान गरिएको छ। दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ । सहभागी आठ टोलीहरू पनि प्रतियोगिताका लागि तयार देखिएका छन्। विश्व क्रिकेटका चर्चित प्रशिक्षक(क्रिकेटरको सहभागिताले क्रिकेटप्रेमीको उत्सुकता झन् बढेको छ ।

गत वर्ष ‘प्ले(अफ’मा पुगेका चार टोली ९जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स० यसपटक पनि धेरैको नजरमा परेका टिम हुन्।

यसबाहेक काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पनि यसपालि ‘कमब्याक’ गर्ने लक्ष्यसहित मैदान ओर्लनेछन्। सबै टोली एक(अर्कासँग एक(एकपटक भिड्नेछन् र त्यहीँबाट तय हुनेछ( ‘प्ले(अफ’ यात्रा।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।

mediabaaji add

सम्बन्धित खबर

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...

फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोल...

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...