आइतबार, १५ कात्तिक २०८३
नेपाली

३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई

Main News Image

काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना सबै निर्वाचन क्षेत्रमा परिचालन भइसकेको बताए । उनले भने, कारागार, विमानस्थललगायत महत्त्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ ।

हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गरी सेनाले नियमित गस्ती गर्नेछ । कुनै मतदानस्थलमा प्रहरीले स्थिति नियन्त्रणमा लिन नसक्ने गरी समस्या आएमा तत्कालै परिचालन हुने गरी सेना र सशस्त्र प्रहरीको तैनाथी मिलाइएको गृह मन्त्रालयले जनाएको छ । सामान्यतः मतदानस्थलमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मात्र खटिनेछन् ।

mediabaaji add

सम्बन्धित खबर

चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममा...

सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ

काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।

८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक...

किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ

काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...

पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...