बुधबार, ०६ जेठ २०८३
नेपाली

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

Main News Image

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो ।

स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षति पुगेको छ ।

बारा आदर्श कोतवाल गाउँपालिका वडा ७ का ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा नगरपालिका वडा नं। १४ का ११ वर्षीय अंकित महतो, गौर नगरपालिका वडा नं। २ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी नगरपालिका वडा नं ८ का ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, अटो चालक यमुनामाई गाउँपालिका वडा नं  ५ का ३९ वर्षीय मंगल पटेल र अटोमा सवार राजपुर नगरपालिका वडा नं ३ का १० वर्षीय तारिक वस्ता घाइते भएको डिएसपी बस्यालले बताए । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने बम नहर चौक नजिक मंगलबार बिहान सवारी दुर्घटना भएको थियो ।

घाइतेहरुको प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात् डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

महाशिवरात्रिः पशुपतिनाथमा सकियो, लाखौँले गरे दर्शन

काठमाडौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुप...

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालको अवस्था तनावग्रस्त

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको ला...

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५औँ जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ । नेपाल सरकारले यस विशेष अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्...

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प...