शेयर हबले शुरुआती लगानीकर्ताका लागि टेक्निकल एनालिसिस तालिम सञ्चालन गर्ने, कसरी जोडिने ?
काठमाडौँ । शेयर हबले शेयर बजारमा प्राविधिक विश्लेषण सिक्न चाहने शुरुआती लगानीकर्तालाई लक्षित गरी १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘Technical Analysis Training for Beginners’ नामक तालिममा मूल्यको चार्ट बुझ्न, बजारको प्रवृत्ति पहिचान गर्न र कारोबारको योजना बनाउन सिकाइनेछ।
पाठ्यक्रममा क्यान्डलस्टिक चार्ट तथा प्याटर्न, सपोर्ट र रेसिस्टेन्स, ट्रेन्डलाइन, मुभिङ एभरेज र फिबोनाची रिट्रेसमेन्ट समावेश छन्। सहभागीले आरएसआई र एमएसीडीजस्ता सूचक प्रयोग गरेर मूल्यको गति तथा सम्भावित ट्रेन्ड परिवर्तनका संकेत अध्ययन गर्न सिक्नेछन्।
यसैगरी, कारोबार परिमाण अर्थात् भोल्युम विश्लेषण, डाउ थ्योरी र विभिन्न समयावधिका चार्ट तुलना गर्ने अभ्यास गराइनेछ। वास्तविक पैसा प्रयोग नगरी कारोबारको अभ्यास गर्न सकिने पेपर ट्रेडिङ तथा टीएमएस र मेरोशेयरको प्रयोगबारे पनि सिकाइनेछ।
तालिममा जोखिम व्यवस्थापन र ट्रेडिङ मनोविज्ञानलाई समेत जोड दिइएको छ। लगानीको आकार निर्धारण, जोखिम र सम्भावित प्रतिफलको अनुपात बुझ्ने तथा डर र लोभलाई नियन्त्रण गर्दै अनुशासित कारोबार गर्ने विषय समेटिएका छन्। तालिममा सहभागी हुन वित्तीय बजारको आधारभूत ज्ञान उपयोगी हुने भए पनि अनिवार्य छैन।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले यहाँ क्लिक गरी दर्ता फारम भर्न सक्नेछन्। पाठ्यक्रमबारे थप जानकारी शेयर हबको तालिम पृष्ठमा उपलब्ध छ। तालिम यही असोज २० गतेदेखि १० दिनसम्म सञ्चालन हुनेछ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्ष...
एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो
काठमाडौँ । नेपालमा एलपी ग्यासको दैनिक आयातमा उल्लेख्य गिरावट आएको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्यांक अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपी ग्यासको कुल आयात ४०।८ प्रतिशतले घटेको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...
नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज...
नेप्सेमा ६२.२९ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज २३६ कम्पनीको सेयर मू...
बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि...



