शनिबार, ३१ असोज २०८३
नेपाली

शेयर हबले शुरुआती लगानीकर्ताका लागि टेक्निकल एनालिसिस तालिम सञ्चालन गर्ने, कसरी जोडिने ?

Main News Image

काठमाडौँ । शेयर हबले शेयर बजारमा प्राविधिक विश्लेषण सिक्न चाहने शुरुआती लगानीकर्तालाई लक्षित गरी १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।  ‘Technical Analysis Training for Beginners’ नामक तालिममा मूल्यको चार्ट बुझ्न, बजारको प्रवृत्ति पहिचान गर्न र कारोबारको योजना बनाउन सिकाइनेछ।

पाठ्यक्रममा क्यान्डलस्टिक चार्ट तथा प्याटर्न, सपोर्ट र रेसिस्टेन्स, ट्रेन्डलाइन, मुभिङ एभरेज र फिबोनाची रिट्रेसमेन्ट समावेश छन्। सहभागीले आरएसआई र एमएसीडीजस्ता सूचक प्रयोग गरेर मूल्यको गति तथा सम्भावित ट्रेन्ड परिवर्तनका संकेत अध्ययन गर्न सिक्नेछन्।

यसैगरी, कारोबार परिमाण अर्थात् भोल्युम विश्लेषण, डाउ थ्योरी र विभिन्न समयावधिका चार्ट तुलना गर्ने अभ्यास गराइनेछ। वास्तविक पैसा प्रयोग नगरी कारोबारको अभ्यास गर्न सकिने पेपर ट्रेडिङ तथा टीएमएस र मेरोशेयरको प्रयोगबारे पनि सिकाइनेछ।

तालिममा जोखिम व्यवस्थापन र ट्रेडिङ मनोविज्ञानलाई समेत जोड दिइएको छ। लगानीको आकार निर्धारण, जोखिम र सम्भावित प्रतिफलको अनुपात बुझ्ने तथा डर र लोभलाई नियन्त्रण गर्दै अनुशासित कारोबार गर्ने विषय समेटिएका छन्। तालिममा सहभागी हुन वित्तीय बजारको आधारभूत ज्ञान उपयोगी हुने भए पनि अनिवार्य छैन।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले यहाँ क्लिक गरी दर्ता फारम भर्न सक्नेछन्। पाठ्यक्रमबारे थप जानकारी शेयर हबको तालिम पृष्ठमा उपलब्ध छ। तालिम यही असोज २० गतेदेखि १० दिनसम्म सञ्चालन हुनेछ।

mediabaaji add

सम्बन्धित खबर

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा !

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भार...

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...

२५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । कञ्चनपुर पुनर्वास नगरपालिकाका मा शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्तमले १० लाख रुपैयाँको करदाता प्रोत्सा...

सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको...

भारतबाट इन्धनको भाउ बढेर आयो, नेपालमा तत्काल नबढ्ने

काठमाडौँ । इन्डियन आयल कर्पोरेसन आइओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ र...

बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि...