सुनको मूल्यमा भारी गिरावट, छापावाल सुन तोलाको २ लाख ७१ हजार ७०० कायम
काठमाडौँ । तिहारपछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कात्तिक २७ छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ। योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार ९कात्तिक २३० छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य १५५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ थियो।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापाव...
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
आज शेयर बजार सामान्य अंकले घट्यो, १६ अर्ब ३५ करोड माथिको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भ...
दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो
काठमाडौँ । दशैंको लामो बिदापछि आइतबार खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मूल्य...
इन्धनको मूल्य बढेर आयो, तर नेपालमा खुद्रा मूल्य यथावत
काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२....
साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको ह...



