रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर
रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।
यहाँका विभिन्न स्थानीय तहमा रहेका मुसहर, चमार र डोम समूदायका दलित बस्तीहरूमा चिसोले सबैभन्दा बढी असर गरेको छ । फुसको झुपडी, न्यानो लुगाको अभाव र पर्याप्त खाद्यान्न नहुँदा ती बस्तीका वृद्धवृद्धा, बालबालिका र सुत्केरी महिलाहरूको अवस्था दयनीय बनेको हो ।
धेरैजसो परिवारसँग ओढ्ने–ओछ्याउने तातो कपडा नभएकाले पराल ओछ्याएर र रातभर घुर आगो तापेर रात काट्न बाध्य छन्। अहिलेसम्म यो जाडोमा राहत लिएर कोहि पनि गाउँमा नआएको स्थानीय चन्द्र माझीले बताए । जाडोबाट बच्नका लागि अहिले घुर तापेर दिन बिताउने गरेको उनको भनाइ छ। चिसो अझै बढ्ने सम्भावना रहेकाले विपन्न वर्गका लागि तत्कालै कम्बल, दाउरा र पौष्टिक आहारको व्यवस्था गर्न जरुरी रहेको चन्द्रपुरका स्थानीय अगुवाहरुले माग गरेका छन। स्थानीय प्रशासन र नगरपालिकाहरूले केही स्थानमा दाउरा वितरण गरे पनि त्यो पर्याप्त देखिएको छैन।
एक्सप्रेस
सम्बन्धित खबर
एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्
काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलरसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै...
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडौF . आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न नि...
किन पढ्ने ? गिरीको पुस्तक "शैव दर्शन, संस्कृति र दशनामी संन्यासी "
सांस्कृतिक अभियान्ता हिमाल गिरीद्वारा लिखित तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शैव दर्शन , संस्कृति र दशनामी संन्यासी " पुस्तक सांस्कृतिक ज्ञानको अत्यन्त पठनिय रहेको पाठकहरूबाट प्रतिक्रिया आएका छन् ।
हिन्दुधर्ममा आस्था राख्नेहरू...
पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।
कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...



