शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा पुस्तक समीक्षाका क्रममा भने, ‘अवामी लिगलाई यो चुनावबाट बाहिर राखिएको छ, यो वास्तवमा दुईदलीय प्रतिस्पर्धा हो। सबै प्रगतिशील दललाई दबाइँदै छ। यो वास्तवमा चुनाव होइन ।’
उनले ‘यो चुनावपछि जमातएइस्लामीले स्वतन्त्रता पाउने, आतंकवाद बढ्ने र भारतलाई खतरा पैदा हुने’ दाबी पनि गरेका छन् । उनले अगाडि भने, ‘पाकिस्तानलाई बंगलादेशमा छुट मिल्नेछ र यसको गम्भीर परिणाम हुनेछ । साथै सजीवले बंगलादेशको वर्तमान शासनले यसअघि कहिले नभएको हुलाक मतदानलाई अनुमति दिएको टिप्पणी पनि गरे ।
उनले भने, ‘सामान्य मतपत्रमा गडबडी सजिलै देख्न सकिन्छ तर तपाईं हुलाकी मतपत्रमा केही देख्न सक्नुहुन्न। बस, तपाईंले निर्वाचन आयोगले दिएको तथ्यांकमा विश्वास गर्नुपर्छ।’ उनले अन्तर्राष्ट्रिय समुदायलाई बंगलादेशमा हुन लागेको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसक्ने जिकिर गर्दै यसलाई मान्यता नदिन आग्रह पनि गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन
काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको स...
मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट
काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...
इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...
युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा
काठमाडौँ । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्...
अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकताको अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन् । यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चाले...
जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !
काठमाण्डौँ । राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ । विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछ...



