लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडकमा भएको कार्यक्रममा गोपी मैनाली र महेश प्रसाईले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए ।
सुरभि साहित्य प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले शब्द स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाको सचिव अच्युत घिमिरेले गरेका थिए ।आख्यानकार नरेन्द्रराज पौडेल, साहित्यकारहरू विमल भौकाजी, सुवासचन्द्र पौडेल, हरिभक्त सिग्देल,खेमराज पोखरेल, लता केसी, मन्जुश्री प्रधान, दिव्य गिरी, रामप्रसाद पन्त,विष्णु पन्त लगायत को उपस्थिति थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान
काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठ...
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...



