बुधबार, ०४ कात्तिक २०८३
नेपाली

सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र सुदीप भण्डारी लगायतले दुई छुट्टाछुट्टै रिट पेस गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ।

विपक्षीहरूले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्नुपर्नेछ । रिट निवेदकहरूले हालको अन्तरिम सरकारले दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको जिकिर गरेका छन् । सम्झौताको प्रावधान कार्यान्वयन भए राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भएकाले अन्तिम फैसला नआएसम्म यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।

सर्वोच्चले यस अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा दुबै पक्षको बहस सुन्न पुस ११ गते छलफल बोलाएको छ । साथै, राजपत्रमा प्रकाशित दुई पक्षबीचको सम्झौताको सक्कल फाइल महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन पनि आदेश दिएको छ ।सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडाल, अमर थापा, प्रेमराज सिलवाल, रोहित ओझा, सुदिप भण्डारी, आयुष बडाल, आभास रेग्मी लगायतले बहस गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

बदलिएको कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार पार्टीका नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले भने, देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको छ, आगामी एक हप्ताभित्...

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ : जेनजी प्रतिनिधि

काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको आरोप लगाउँदै तत्काल थुनिएका साथीहरूको रिहाइ नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी...

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि पुनः बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित दोस्रो दिनको बैठक सकिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ। जारी बैठकमा पूर्वराष्ट्रपतिसम...

जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानबहादुर ज्ञानेन्द्र शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो जीतको खाता खोलेको हो । शनिबार फागुन २३ दिउँसो सार्वजन...

यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग...

नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । पार्टीले आयोगबाट शुक्रबार दर्ताको प्रमाणपत्र पाएको हो ।