बुधबार, ०४ कात्तिक २०८३
नेपाली

सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र सुदीप भण्डारी लगायतले दुई छुट्टाछुट्टै रिट पेस गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ।

विपक्षीहरूले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्नुपर्नेछ । रिट निवेदकहरूले हालको अन्तरिम सरकारले दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको जिकिर गरेका छन् । सम्झौताको प्रावधान कार्यान्वयन भए राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भएकाले अन्तिम फैसला नआएसम्म यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।

सर्वोच्चले यस अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा दुबै पक्षको बहस सुन्न पुस ११ गते छलफल बोलाएको छ । साथै, राजपत्रमा प्रकाशित दुई पक्षबीचको सम्झौताको सक्कल फाइल महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन पनि आदेश दिएको छ ।सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडाल, अमर थापा, प्रेमराज सिलवाल, रोहित ओझा, सुदिप भण्डारी, आयुष बडाल, आभास रेग्मी लगायतले बहस गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियस...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

१८ भदौ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्...

रास्वपाका कारण सरेको प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित सूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि डाकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन लम्बिएका कारण लगातार सरेको बैठक आज बस्न लागेको हो । 

बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विध...

एमालेलाई समर्थन गरेपछि राप्रपामा विवाद, अनुशासन र कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । बागमतीको मुख्यमन्त्रीमा दाबि पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपामा विवाद बढेको छ । केन्द्रको निर्देशन विपरित प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद भएको हो ।

केन्द्रले यसअघि नै स...

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक...

प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठ भेट्ने

काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई भेट्ने भएका छन् । मंगलबार दिउँसो रक्षा मन्त्री समेत रहेका शाहले सेठलाई भेट्ने तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

चार दि...