सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र सुदीप भण्डारी लगायतले दुई छुट्टाछुट्टै रिट पेस गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ।
विपक्षीहरूले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्नुपर्नेछ । रिट निवेदकहरूले हालको अन्तरिम सरकारले दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको जिकिर गरेका छन् । सम्झौताको प्रावधान कार्यान्वयन भए राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भएकाले अन्तिम फैसला नआएसम्म यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।
सर्वोच्चले यस अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा दुबै पक्षको बहस सुन्न पुस ११ गते छलफल बोलाएको छ । साथै, राजपत्रमा प्रकाशित दुई पक्षबीचको सम्झौताको सक्कल फाइल महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन पनि आदेश दिएको छ ।सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडाल, अमर थापा, प्रेमराज सिलवाल, रोहित ओझा, सुदिप भण्डारी, आयुष बडाल, आभास रेग्मी लगायतले बहस गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरे...
पार्टीको केन्द्रीय कमिटी सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्। शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पु...
नेकपाद्वारा कोशी सरकारमा तीन महिलासहित मन्त्रीहरूको नाम टुङ्गो, मन्त्रालयको जिम्मेवारी बाँडफाँट
विराटनगर । नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाएको छ। पार्टीले यसअघि अनिर्णीत रहेको मन्त्री पदमा गीता तिम्सिनालाई पठाउने निर्णय गरेसँगै कोशी सरकारमा तीन जना महिला नेत्रीहरूलाई सामेल गर्ने भएक...
नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधियुक्त बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अग्रभागमा खटिएर न...
कांग्रेसलाई फुटबाट जोगाउन डा।शेखरले सुरु गरे छलफल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिलगायत महत्वपूर्ण व्यक्तिहरूसँग अन्तरक्रिया गरी सुझाव लिएका छन् ।
बिशालनगरस्थित शे...
निर्वाचन आउन ७६ दिन बाँकी : जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसंख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भ...



