देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
आजीवन सत्यको पक्षमा उभिएर अन्याय र राक्षसी प्रवृत्तिको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका श्रीकृष्णले बाल्यकालदेखि नै अनेक लीला देखाएका थिए। उनले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उहाँले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, भजनकीर्तन र प्रवचन आयोजना गरिनुका साथै श्रद्धालुहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।
पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका साना(ठूला कृष्ण मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकालिरहेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो
रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो !
काठमाण्डौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अ...
आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...
डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकरात्मक
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहललाई उद्योगीहरूले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महास...
भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन
काठमाडौँ । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय...
एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...



