झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै
काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनीहरूको मृत्यु झाडा पखालापछि भएको डिहाइड्रेसनका कारण भएको प्रारम्भिक आशंका गरिएको छ । अस्पताल ल्याउँदा नै दुवै बालक अचेत अवस्थामा रहेका थिए।
उनीहरूका ३ वर्षीय भाइ दिपेश र २८ वर्षीया आमा राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । तीनै जना गम्भीर अवस्थाका बिरामी रहेको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमासहित तीन बालबालिकालाई उद्धार गरी अस्पताल पुर्याइएको हो। अस्पताल पुर्याउँदा दुई दाजुभाइ अचेत अवस्थामा रहेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...
महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...



