काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत केही हदसम्म सुधार भएको देखाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार विगतको तुलनामा अहिले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले ट्राफिक प्रहरीलाई थप अनुशिक्षण, जनचेतनामूलक कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए । साथै उनले ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बताए । जसले आम नागरिक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति सचेतना बढाएको छ । विद्यालय–केन्द्रित कार्यक्रम, चालक तथा मजदुर शिक्षा, समुदायस्तरमा गरिने ट्राफिक अवेयरनेस कार्यक्रमहरूले पनि सकारात्मक प्रभाव पारिरहेको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।
नयाँ निर्णयअनुसार प्र...
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३ जना&n...
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...
एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...



