शुक्रबार, १६ असोज २०८३
नेपाली

गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

Main News Image

काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो । 

उक्त समारोहमा  बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, सङ्गीतकार जुगल डंगोल, सङ्गीतकार भुपेन्द्र रायमाझी,  गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, सङ्गीतकार मनराजा नकर्मी, सञ्चारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधव राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँच वटा गीतहरू समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, सङ्गीतकार राजु सिंह संगीत तथा  फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन  रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ ।

 अनायसै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द  तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र  जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको  शब्द, संगीत तथा संगीत संयोजन रहेको यस्तै हो कि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !

काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको  छ । प्रेमिल शैलीको  यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै...

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।

श्याम क्षेत्...

एलिनाको मर्मस्पर्शी गीत "करिमै छैन के"

काठमाडौँ । लोकप्रिय गीत करिमै छैन के युट्युबमा दर्शकको मन जित्दै भाइरल बन्दै गएको छ । भावनात्मक शब्द, मधुर स्वर र सुन्दर संगीत संयोजनका कारण गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको हो । रबि ओड र रन्जिता बिश्वकर्माको आवाजमा सजिएको यस गितमा एलिना...

बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)

काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।&nb...

पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद

काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...

भारतीय अभिनेता प्रदीप रावत रहेनन्

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।