“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्तर्गत ७ हजार ९ सय ८७ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, स्कुल कलेजका ६६ जना विद्यार्थीहरुलाई सचेतना, १ हजार ६ सय ३५ जना ट्राफिक स्वयंसेवक परिचालन, १ हजार ५ सय १२ जनालाई रात्रीकालिन विशेष सचेतना, ५ हजार ३ सय १५ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, २ हजार ७ सय ४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ हजार ६ सय १४ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम, १५ ओटा ट्राफिक कोण सरसफाई, २ सय ७ जनालाई मस्कट सहित सडक नाटक प्रदर्शन, १ सय ४० जनालाई आरक्षण सिट यात्रु मैत्री व्यवहार, सरसफाई कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा २ सय ९० जना सहभागी, २१ जना दुर्घटना पिडित घाइतेलाई भेटघाट, १ सय २५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाईएको, ३० जना चालकहरुलाई लागु पदार्थ सेवन गरे नगरेको चेकजाँच, २३ हजार ७ सय ३ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।
सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताउनु भयो ।
एक्सप्रेस
सम्बन्धित खबर
एम्बुलेन्समा गाँजा तस्करी, तस्कर समाउन प्रहरीले चलायो गोली
विराटनगर । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड...
निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका वि...
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनस् पक्राउ गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीत...
विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार
काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरक...



