सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र ९सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ११ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १० का बासिन्दालाई ४० लाख कित्ता र प्रभावित क्षेत्र ९अति प्रभावित बाहेक सालु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अन्य वडाहरू० का बासिन्दालाई ६० लाख कित्ता छुट्याइएको छ।
पहिलो चरणको आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १० गतेभित्र र आयोजना प्रभावितले मंसिर २१ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। तर मागबमोजिम आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेकाको अवधि मंसिर २१ गतेसम्म र आयोजना प्रभावितको पुस ७ गतेसम्म लम्बिन सक्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।...
एजेन्सी दर्ताको नियम व्यवसायमैत्री बनाउन NAIMA को माग, मोडेलअनुसार धरौटी लिने व्यवस्था हटाउन आग्रह
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले एजेन्सी दर्तासम्बन्धी विद्यमान नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ।
NAIMA को प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन...
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।
यहाँ...
विजय लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिए...
सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो । पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिए...
बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...



