सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ आज ३ः३० बजे बाँडफाँड गर्ने भएको हो ।
कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३।८६ गुणाले बढी हो । आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरी बाँडफाँड समेत हो ।
कम्पनीले अब बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, एक डलरको नेपाली रुपैयाँ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारकाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ...
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता, योगदान रकम एक खर्ब १६ अर्ब नाघ्यो
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेक...
नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाखको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्...
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ...
विनिमय दर : डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७८...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेक...



