सोमबार, १२ असोज २०८३
नेपाली

सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार

Main News Image

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा कायम भएको हो । परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज बढेर ७ अर्ब ४ करोड रुपैयाँ नाघेको छ।

आजको कारोबारमा विशेषगरी ‘अन्य’ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखियो। उक्त समूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ। यसबाहेक जीवन बीमा ०.८२, लगानी ०.४८, माइक्रोफाइनान्स ०.४८, विकास बैंक ०.४३, बैंकिङ ०.३५ र होटल तथा पर्यटन समूह ०.३१ प्रतिशतले उकालो लागेका छन्। अर्कोतर्फ व्यापार ०.९३, फाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.२४, जलविद्युत् ०.१४ र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेका छन्।

बजारमा समग्रमा १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

mediabaaji add

सम्बन्धित खबर

लगातार घटेको नेप्सेमा दोस्रो दिन ब्रेक, २ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेको छ। लगातार घटिरहेको सेयर बजारमा आज सुधार देखिएको हो । आज नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ। कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य ब...

काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी न...

सरकारले नै दियो अनुमति, उद्योगीले बढाए ग्यासको भाउ

काठमाण्डौँ । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन् । मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ दुई हजार ६० रुप...

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु...

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

धनगढी । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन्। लामो समयदेखि उनले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण...

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...