शनिबार, १४ कात्तिक २०८३
नेपाली

सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने बलियो सम्भावना, छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’

Main News Image

काठमाडौँ । अवैध वित्तीय लगानीको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङ पुनः सिंहदरबार फर्किने बलियो सम्भावना बढेको छ । स्रोतका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले उनलाई ‘क्लिन चिट’ दिएको छ ।

छानबिन समितिले उनलाई ुक्लिन चिटु ९सफाइ० दिएसँगै गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने बाटो खुलेको हो। व्यवसायी दीपक भट्टसँग अवैध साझेदारी र लघु बीमा कम्पनीको सेयर सम्पत्ति विवरणमा लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि सरकारले वैशाख २८ गते छानबिन समिति गठन गरेको थियो।

स्रोतका अनुसार समितिले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण र बैंक खाताहरूको वित्तीय विवरणको फरेन्सिक अध्ययन गर्दा गुरुङको नामबाट उक्त कम्पनीमा कुनै पनि सिधा लगानी वा अवैध वित्तीय कारोबारको ‘पेपर ट्रेल’ नदेखिएको निचोड निकालेको छ । व्यवसायी भट्टसँग गुरुङको बेनामी वा अदृश्य लगानी रहेको कानुनी प्रमाण नभेटिएको र लगानी दृश्य मात्रै रहेको भन्दै समितिले उनलाई सफाइ दिएको हो।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्ष...

प्रचण्डको क्षेत्रमा एमालेको अर्कै दलसँग गठबन्धन

काठमाडौँ । एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग केही स्थानमा गठबन्धन गर्ने भएको छ । रुकुम पूर्व र पश्चिममा नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपालाई सघाउने भएको हो ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्...