आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । आइतबार र सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं महानगरद्वारा १०७ विद्यालय खारेज गर्ने तयारी, सम्पर्कमा आउन १५ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ । मंगलबार सूचना पकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिक...
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिर...
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार...
मौसम पूर्वानुमान : तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना
काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रह...
रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन
११ भदौ, काठमाडौँ । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् । एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालस...



