शुक्रबार, ३० असोज २०८३
नेपाली

आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।

आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।  आइतबार र सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

mediabaaji add

सम्बन्धित खबर

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद...

बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बनेपा । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको ब...

वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद्...

आज र भोलि सतर्क रहन अपिल, जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित रहन चेतावनी

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढ्दै गएकाले मनसुनी गतिविधि थप स...

देशभर मनसुनी वायुको प्रभाव : सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक अवस्थित छ ।

यतिवेला देशभर साधारणतया...