हिमाल संरक्षणका लागि ५३ देशको समर्थन, नेपालको चार प्रस्तावमा सहमति
काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न संकट न्यूनीकरण तथा हिमाल संरक्षणका लागि नेपालले अघि सारेका चार प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न संकट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने भन्दै यसको समाधानका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग युएनइस्क्याप र नेपाल सरकारको संयुक्त आयोजनामा बिहीबार थाइल्यान्डको ब्यांककमा सम्पन्न ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकको उच्चस्तरीय क्षेत्रीय संवादमा मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन्।
एक्सप्रेस
सम्बन्धित खबर
नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेट...
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।
बालश्रम विरुद्धआ...


