न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो। सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित ढंगले छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई पनि अदालतले आग्रह गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गर...
देशभर मनसुनी प्रभाव : यी क्षेत्रमा भारी वर्षाको जोखिम
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । यतिबेला देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा...
काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको...
पृथ्वी राजमार्ग : आज मलेखु-मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने
चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग गर्डर राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २:०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्...



