शनिबार, २० भदौ २०८३
नेपाली

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले हात पारे शेयर

Main News Image

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले आवेदन दिएकोमा २४ लाख ११ हजार ९२२ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अन्यको रद्द भएको छ।

मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ५७ हजार २४३ जनाले मात्र आईपीओ हात पारेका छन्। यी मध्ये १ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौं उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य निर्धारण : न्युरोड, दरबारमार्ग र माइतीघर क्षेत्र सबैभन्दा महँगो

काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३र८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन् । मालपोत कार्यालयहरूले जग्गाको प्रयोजन र बाटोको पहुँचका आधारमा...

अत्यावश्यक औषधिको अभाव रोक्न मूल्य समायोजनको तयारी, स्वचालित प्रणालीको माग

काठमाडौँ । सरकारले अत्यावश्यक औषधिको पटक–पटक हुने अभावलाई समाधान गर्न औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि मूल्य पुनरावलोकन नहुँदा उत्पादन तथा आयात लागतसँग मूल्य नमिलेकाले बजारमा केही जीवनरक्षक औषधिको आपूर्ति प्रभावित हुँदै आए...

राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव ग...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डल...

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

काठमाडौँ । सरकारी कर्मचारीले अब १५ दिनमै तलब भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५,१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो । वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अ...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो ए...