शनिबार, ०६ भदौ २०८३
नेपाली

टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

Main News Image

काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ। बुधबार भएको खेलमा जितले न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना बढेको छ भने श्रीलंका भने प्रतियोगिताबाट बाहिरियो ।

समूह दुईमा रहेका पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र इङ्‌ग्यल्यान्डले अहिलेसम्म दुई-दुई खेल खेलेका छन् । इङ्ंग्ल्यान्डले दुवै खेल जितेर चार अंकसहित सेमिफाइनलमा स्थान बनाइसकेको छ भने न्युजिल्यान्डले दुई खेलपछि तीन अंक बनाएको छ। पाकिस्तानले पनि दुई खेल खेलेको छ, एउटा खेल इङ्‌ग्ल्यान्डसँग हार्‍यो भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो।

पाकिस्तानसँग हाल एक अंक मात्र छ। अब शुक्रबार इङ्‌ग्यल्यान्डले न्युजिल्यान्डलाई ठुलो अन्तरले हराएमा र शनिबार पाकिस्तानले श्रीलंकालाई जितेमा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ। यद्यपि यस अवस्थामा पनि समूह २ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली रनरेटका आधारमा निर्णय गरिनेछ ।

mediabaaji add

सम्बन्धित खबर

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

य...

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्...

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...