माधव नेपाल र भीम रावलको नाम लिँदै ओलीले भने : स्वस्थ प्रतिस्पर्धा गरौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार, अध्यक्ष ओलीले दलभित्र र देशमै एकताको आवश्यकता रहेको भन्दै ‘एकताको महाधिवेशन’ गर्न प्रस्ताव गरेका हुन् ।
कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ्य प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ, उपमहासचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार, ओलीले प्रतिस्पर्धामा पराजित भएपछि पार्टी छाड्ने गरेको बताएका थिए । उनले आफू भने आठौँ महाधिवेशनमा पराजित भए पनि पार्टी एकताका लागि लागेको र माधव नेपाल, भीम रावलसहितका नेताले पार्टी छोडेको बताएका थिए । माधव नेपाल, भीम रावलजस्तो स्थिति नबनोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ । त्यसले फरक पार्दैन । तर, आन्दोलनको आवश्यकता सहकार्यका साथ अघि बढ्ने हो भन्ने कुरा व्यक्त गर्नुभयो, ज्ञवालीले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्...
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा रास्वपा...
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आगामी मङ्सिर २ र ३ गते हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको औपचारिक जानकारी गराएका छन्। यसअघि गत शनिबार...
मतदाता नामावली दर्ता अवधि थप गर्न प्रधानमन्त्रीको आग्रह, निर्वाचन आयोग सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि तोकिएको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । मतदाता नामावली सङ्कलनमा हाल देखिएको उत्साह र चापका कारण म्याद थप आवश्यक रहेको प्रधानमन्त्रीको...
कुलमानको प्रश्न : उद्योगहरूबाट बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
काठमाण्डौँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरी विद्युत् उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बक्यौता असुलीमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
देश लोडसेडिङको अँध्यारोमा रहेका बेला डेडिकेटेड र ट्रंक...
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधाम...



