तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
काठमाडौँ । हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा तोयराज नेपालको छ ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।
नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।
महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बन्द भएको २६ वर्षपछि व्युँतिँदै हेटौंडा कपडा उद्योग, सेनाले थाल्यो मेसिन मर्मत र सरसफाइ
काठमाडौँ । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रमुख परिचय बनेको हेटौंडा कपडा उद्योगको आफ्नै ऐतिहासिक पहिचान छ ।उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’ को छवि ताजै छ ।
स्वदेशमै कपडा...
कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु
काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।
पछि...
दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो । हालसम्...
वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना
काठमाडौँ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता...
त्रिविको ५१ औं दीक्षान्त समारोह आज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको आफैँले चलाएको सवारी दुर्घटनामा निधन
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार ९असार १३० आफूले चलाएको गाडी दुर्घटना हुँदा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको...



