इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री
पटना । सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् । जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण...



