तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
पूर्वानुमान अनुसार आज तराईका सहरहरुमा तापक्रम उच्च रहनेछ । भैरहवामा आजको अधिकतम तापक्रम देशकै सबैभन्दा बढी ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, यद्यपि त्यहाँको आकाशमा आंशिक बादल लाग्नेछ । यसैगरी, धनगढी र जनकपुरको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ भने नेपालगञ्ज, सिमरा र विराटनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहनेछ । मौसम पूर्वानुमान विवरणमा अत्यधिक गर्मी हुने यी सहरहरुलाई विशेष गरी ‘तातो दिन’ को रुपमा उल्लेख गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम प...
मौसम पूर्वानुमान : पहाडी भू-भागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ। सुदुरपश्चिम प्रद...
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले देशभरमा साधरणतया...



