बुधबार, ११ कात्तिक २०८३
नेपाली

साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह

Main News Image

काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्लेषण गरे । उनले यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुन नसक्ने भन्दै रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूको विषय साहित्यमा आउनुपर्ने बताए ।

जनताको जीवनस्तर दिनहुँ कष्टकर हुँदै गएको र तत्काल रोजगारी सिर्जना हुने अवस्था नदेखिएको चर्चा गर्दै उनले वर्तमान आर्थिक चपेटाबाट साहित्यिक क्षेत्र पनि मुक्त हुन नसक्ने उल्लेख गरे । यद्यपि, एआई कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसार, बजारीकरण र समूहीकृत गर्न सहयोग पुर्‍याउने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।


mediabaaji add

सम्बन्धित खबर

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !

काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार।    •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायतका  विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२  समर्पण गरेको छ।

पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...

नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

२१ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ । आइतबार गठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो ।

मदन पुरस्कारका लागि उत्कृष्...

हङकङको किनाराबाट गोधूलिको किनारा

© राजकुमार राई हङकङ

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।

बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...