भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन् । ६१७ ग्राम मात्रै तोलका ती शिशुको २९ गते मृत्यु भएको घोषणा गर्दै चिकित्सकले ‘शव’ आफन्तलाई जिम्मा लगाएर घर पठाएका थिए ।
तर, आफन्तले घर लगेको करिब चार घण्टापछि ती शिशु जीवित रहेको संकेत पाइएपछि परिवारजनले पुनः अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएको केहीबेरमै ती शिशुको मृत्यु भएको थियो । सो घटनामा अस्पताल प्रशासनले माफी मागेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।निराजन सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकबाट कमजोरी भएको स्वीकार गरेका छन् ।
उक्त घटनाले शिशुका परिवारजनमा पर्न गएको पीडाप्रति अस्पताल परिवारले सहानुभूति प्रकट गरेको छ । अस्पताल प्रशासनले चिकित्सकले मृत भनेका शिशु पछि जीवित पाइएको घटनालाई अपवाद भनेको छ । २३ हप्तामै जन्मिएका ६१७ ग्रामका ती शिशुमा अपवादको रुपमा जीवित रहेको संकेत अत्यन्त ढिलोगरि देखिएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले आफ्नो क्षमतअनुसार शिशुको सही उपचार गर्न अधिकतम प्रयास गरेको भएता पनि अस्पतालको तर्फबाट बिरामीका आफन्तहरुलाई सम्भावित परिणामको बारेमा अधिकतम बुझाउनेगरि परामर्श गर्ने विषयमा कमजोरी भएको स्वीकार गरेको छ । विज्ञप्तिमा २८ हप्ता नपुगेको र एक किलोग्रामभन्दा कम तौल भएको शिशुलाई बचाउन सक्ने सम्भावना नरहने दाबीसमेत गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै
काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मन...
नेपाल र साउदीबीच श्रम सम्झौता
काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।
<...११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु
काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...
भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका...
एकै दिन ३ डिग्री सेल्सियसले घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ । काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर...
पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित
मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र...



