शुक्रबार, २० कात्तिक २०८३
नेपाली

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा

Main News Image

काठमाडौँ ।  यस वर्षको तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक २० गतेदेखि सुरु हुने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको पर्वतालिकाअनुसार मुख्य पर्व भाइटीका कात्तिक २५ गते बुधबार परेको छ भने टीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरिएको छ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार पाँच दिनसम्म मनाइने यमपञ्चकको सुरुआत कात्तिक २० गते शुक्रबार धनत्रयोदशी धन्तेरस र यमदीपदानबाट हुनेछ। त्यसको भोलिपल्ट अर्थात् कात्तिक २१ गते शनिबार काग तिहारका साथै धन्वन्तरि जयन्ती मनाइनेछ ।

यस्तै, कात्तिक २२ गते आइतबार एकाबिहानै नरक चतुर्दशी तथा कुकुर तिहार मनाइनेछ भने सोही दिन साँझ ऐश्वर्यकी देवी महालक्ष्मीको पूजाआजा गरी लक्ष्मीपूजा पर्व मनाइनेछ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वज...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ । यही मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...