भोटेकोशीको बाढीले खोस्यो पौडेल परिवारको बुढेसकालको सहारा
बर्दिया । भोटेकोशीमा आएको भीषण बाढीले बर्दियाको बाँसगढी नगरपालिका ८, लक्ष्मणाका पौडेल परिवारमा कहिल्यै नपुर्ने घाउ छाडेको छ । नुवाकोटस्थित त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेलसहित उनको सिंगो परिवार बाढीमा परी सम्पर्कविहीन भएपछि पौडेल परिवार छाँगाबाट खसेजस्तै भएको छ ।
बाढीमा परी ३० वर्षीय सोमनाथ, उनकी पत्नी तारा उपाध्याय तथा २८ महिनाका जुम्ल्याहा सन्तान छोरा शिवान्स र छोरी तिसिया एकाएक हराएका हुन्। छोराछोरी साना भएकाले सोमनाथ परिवारसहित नुवाकोटमै बस्दै आएका थिए ।
आफूले दुःख कष्ट सहेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियर पढाएको छोरा बुढेसकालको सहारा बन्ने बेला सिङ्गो परिवार नै बेपत्ता भएपछि बुबा उमानाथ र आमा लक्ष्मी उपाध्याय निरन्तर शोकमा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...
दशैंको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन चतुर्दशी पनि जारी छ । निधारमा रातो अक्षताको टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट आफन्तकोमा यात्रा गरिरहेका छन् ।
बडा...
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...
काठमाडौंका ६ स्थानमा ग्यास बिक्री गरिने, सिलिन्डर पनि साँटफेर हुने
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएपछि घटस्थनापनादेखि ६ स्थानमा बिक्री गरिने भएको छ । ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।...
सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प
बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर...
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहन...



