सोमबार, ०९ कात्तिक २०८३
नेपाली

चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज्दा पनि मानिस भेटिएनन् : प्रधानमन्त्री

Main News Image

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र चिनियाँ विशेषज्ञ टोलीले करिब ३ किलोमिटरसम्म खोजी गर्दा पनि अहिलेसम्म मानिस फेला पार्न नसकेको बताएका छन् । भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमार्फत दैनिक अपडेट दिँदै आएका प्रधानमन्त्री शाहले आइतबार राति साढे ८ बजे फेसबुकमार्फत आयोजनामा जारी खोज तथा उद्धारबारे जानकारी दिएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। इप्पानको विवरणअनुसार आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको, २५४ जनाको उद्धार भइसकेको र करिब ३०० जना सुरुङभित्र फसेको जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

रविको मुद्दा फिर्ताबारे आजदेखि सुनुवाइ गर्दै सर्वोच्च, तोकियो इजलास

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता सम्बन्धमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले आज आइतबारदेखि सुनुवाइ गर्दै छ । यसका लागि आज सर्वोच्चका न्यायाधीशद्वय सा...

निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा एमाले पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वा...

नेकपाद्वारा कोशी सरकारमा तीन महिलासहित मन्त्रीहरूको नाम टुङ्गो, मन्त्रालयको जिम्मेवारी बाँडफाँट

विराटनगर । नेकपाले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाएको छ। पार्टीले यसअघि अनिर्णीत रहेको मन्त्री पदमा गीता तिम्सिनालाई पठाउने निर्णय गरेसँगै कोशी सरकारमा तीन जना महिला नेत्रीहरूलाई सामेल गर्ने भएक...