महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा
काठमाडौँ । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको हो । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २र३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको डिसीनेपालसँग पुष्टी गरे । उनले यस विषयमा अनुसन्धान जारी रहेकोले धेरै बताउन नमिल्ने भन्दै यसबाहेक थप विवरण भने दिएनन् । ‘सैनिक मुख्यालयले संवेदनशील क्षेत्रमा खटिएका नेपाली सेनाका कमाण्डरलाई हेडक्वार्टर झिकाएको हो’ उनले भने ‘उक्त घटनामा के कसो भएको हो बुझ्न २र३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।’ जेनजी आन्दोलनमा महत्वपूर्ण भवनहरू जोगाउन नसकेकोमा सेनाको आलोचना बढ्दै गएपछि सेनाले अनुसन्धान अगाडि बढाएको हो । उनले अनुसन्धानको क्रममा अन्य कमाण्डरहरूमाथि समेत छानबिन हुन सक्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
सो समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित...
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी के...
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...



