साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को चार आना, दुई पैसा एक दाम भएको जग्गा र सो जग्गामा बनेको भवन कामपालाइई प्रयोग गर्न दिने गरी सहमति दिएको हो ।
समरजङ्ग कम्पनीका नाममा रहेको उक्त जग्गा निर्मित भवनमा वडा कार्यालय राख्न कामपाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नुपर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग कामपाले सहमतिका लागि माग गरेको हो ।
निर्णयका बारेमा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख
काठमाण्डौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए...
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना चैतको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
सम्पत्ति...
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...
काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद
काठमाडौँ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं...
रौतहटको गौरमा कर्फ्यू आदेश जारी
काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...



