सोमबार, २६ असोज २०८३
नेपाली

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ४५७ पुग्यो

Main News Image

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४५७ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाले ज्यान गुमाएका छन् । बाढीपछि सङ्कलन गरिएका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३३५ शवको व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ। यद्यपि, १ हजार ४३८ शवको पहिचान हुन नसकेको र ४ हजार ७२० जना अझै बेपत्ता रहेको जनाइएको छ ।

यसैबीच, बाढीका कारण विस्थापित भएका १ हजार २३१ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखेर व्यवस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

साउनको तेस्रो सोमबार : शिवालयहरूमा भक्तजनको भीड, शिवको विशेष पूजाआराधना

काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी मनाउँदै छन् । साउन महिना र विशेष गरी सोमबारलाई शिव उपासनाका लागि वर्षकै पवित्र समयका रूपमा लिइन्छ ।

आजका दिन बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा भ...

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

काठमाडौँ । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते...

राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनू : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको...

आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत तीजको व्रत बस्ने परम्परा छ । महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस...

लाइसेन्सको विवरण अब विभागको फेसबुकमा

काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका ला...

रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ...