सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बिचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् । घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल लान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको बताए ।
घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्तिले कानुनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी भएको ल्यान्योनले बताए । यो १९९६ मा तस्मानिया टापु राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएपछि अीट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन
काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्...
इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्...
कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले दियो यस्तो जवाफ
काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूका बीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको दाबी पुनः दोहोर्य...



