बुधबार, ११ कात्तिक २०८३
नेपाली

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनको मस्यौदा तयार : गृहमन्त्री

Main News Image

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई भोट दिन सक्ने व्यवस्था समावेश गरिएको कानुनको मस्यौदा तयार भइसकेको बताएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री अर्यालले उक्त मस्यौदा गृह मन्त्रालयले तयार गरी निर्वाचन आयोगमा पठाई आयोगबाट प्राप्त सुझाव समेटी कानुन मन्त्रालयमा पठाइएको र त्यसपछि कानुन मन्त्रालयका टिप्पणीहरू समेत समावेश गरेर पुनः गृह मन्त्रालयमा फिर्ता आउने प्रक्रिया अघि बढिरहेको उनले स्पष्ट पारे ।

उनका अनुसार विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउने विषयमा विभिन्न सरोकारवालासँग थप छलफल आवश्यक देखिएको छ। समय मिले छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । ‘दुई प्रकारका माग छन्, देशबाहिर रहेका नेपाली र निर्वाचन क्षेत्रबाहिर रहेका’ मन्त्री अर्यालले भने, ‘यी दुवैलाई सम्भव बनाउन हामी प्रयासरत छौँ।’

उनले प्राविधिक पक्षमा विशेषज्ञहरूको सल्लाहअनुसार अघि बढ्नुपर्ने बताउँदै उचित समयमा ठोस निर्णय आउने विश्वास व्यक्त गरे । आन्दोलनमा घुसपैठ वा अन्य स्वार्थसहितको संलग्नताबारे सांसदहरूले उठाएका प्रश्नमा उनले सो विषयमा आयोग स्वयंले जवाफ दिनुपर्ने टिप्पणी गरे ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभामा २ पद रिक्त, नियुक्तिका लागि आयोग नै अलमल

काठमाडौँ । राष्ट्रिय सभाका दुई पद अझै रिक्त रहेका छन् । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने हो भने अर्को पद सुदूरपश्चिमबाट निर्वाचित सदस्य बलदेव बोहराको निधनपछि रिक्त भएको हो ।

मनोनीत सदस्यका लागि तत्कालीन सरकारले गृहमन्त...

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि शान्तिपूर्ण तवरले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रि...

रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशकी सांसद

काठमाडौँ । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन् । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरु...

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा

विराटनगर । फेरिएको सत्ता समीकरणसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार औपचारिक रूपमा आ(आफ्नो राजीनामा बुझाएका छन् ।

कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजु...

एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

धनगढी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ...

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौँ । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज  अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्त...