विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनको मस्यौदा तयार : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई भोट दिन सक्ने व्यवस्था समावेश गरिएको कानुनको मस्यौदा तयार भइसकेको बताएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री अर्यालले उक्त मस्यौदा गृह मन्त्रालयले तयार गरी निर्वाचन आयोगमा पठाई आयोगबाट प्राप्त सुझाव समेटी कानुन मन्त्रालयमा पठाइएको र त्यसपछि कानुन मन्त्रालयका टिप्पणीहरू समेत समावेश गरेर पुनः गृह मन्त्रालयमा फिर्ता आउने प्रक्रिया अघि बढिरहेको उनले स्पष्ट पारे ।
उनका अनुसार विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउने विषयमा विभिन्न सरोकारवालासँग थप छलफल आवश्यक देखिएको छ। समय मिले छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । ‘दुई प्रकारका माग छन्, देशबाहिर रहेका नेपाली र निर्वाचन क्षेत्रबाहिर रहेका’ मन्त्री अर्यालले भने, ‘यी दुवैलाई सम्भव बनाउन हामी प्रयासरत छौँ।’
उनले प्राविधिक पक्षमा विशेषज्ञहरूको सल्लाहअनुसार अघि बढ्नुपर्ने बताउँदै उचित समयमा ठोस निर्णय आउने विश्वास व्यक्त गरे । आन्दोलनमा घुसपैठ वा अन्य स्वार्थसहितको संलग्नताबारे सांसदहरूले उठाएका प्रश्नमा उनले सो विषयमा आयोग स्वयंले जवाफ दिनुपर्ने टिप्पणी गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन माहोल नबिग्रियोस् : गृह मन्त्रालयको सबै पक्षलाई आग्रह
काठमाडौँ । गृह मन्त्रालयले बाराको सिमरामा आज भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउन स्थानीय प्रशासन...
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
काठमाडौँ । विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाए...
पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
जनकपुरधाम । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीको पाँच प्रदेशसभा सदस्यहरूला...
रास्वपाले भन्यो– 'झन्झटिला काम छरितो बनाउन अध्यादेश ल्याइएको हो'
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन्। सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको...
कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित
काठमाडौँ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रि...
बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । शुक्रबार काठमाडौँ ३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्। शाहले आफूखुसी थर परिवर्तन गरेका...



