बिहिबार, १२ कात्तिक २०८३
नेपाली

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनको मस्यौदा तयार : गृहमन्त्री

Main News Image

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई भोट दिन सक्ने व्यवस्था समावेश गरिएको कानुनको मस्यौदा तयार भइसकेको बताएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री अर्यालले उक्त मस्यौदा गृह मन्त्रालयले तयार गरी निर्वाचन आयोगमा पठाई आयोगबाट प्राप्त सुझाव समेटी कानुन मन्त्रालयमा पठाइएको र त्यसपछि कानुन मन्त्रालयका टिप्पणीहरू समेत समावेश गरेर पुनः गृह मन्त्रालयमा फिर्ता आउने प्रक्रिया अघि बढिरहेको उनले स्पष्ट पारे ।

उनका अनुसार विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउने विषयमा विभिन्न सरोकारवालासँग थप छलफल आवश्यक देखिएको छ। समय मिले छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । ‘दुई प्रकारका माग छन्, देशबाहिर रहेका नेपाली र निर्वाचन क्षेत्रबाहिर रहेका’ मन्त्री अर्यालले भने, ‘यी दुवैलाई सम्भव बनाउन हामी प्रयासरत छौँ।’

उनले प्राविधिक पक्षमा विशेषज्ञहरूको सल्लाहअनुसार अघि बढ्नुपर्ने बताउँदै उचित समयमा ठोस निर्णय आउने विश्वास व्यक्त गरे । आन्दोलनमा घुसपैठ वा अन्य स्वार्थसहितको संलग्नताबारे सांसदहरूले उठाएका प्रश्नमा उनले सो विषयमा आयोग स्वयंले जवाफ दिनुपर्ने टिप्पणी गरे ।

mediabaaji add

सम्बन्धित खबर

द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई...

श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट

काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ ।  लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा धेरै श्रमिक जाने दुई गन्तव्य मुलुक मलेसिया र साउदी अरबका लागि सिफारिस राजदूत अस्वीक...

बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय

काठमाडौँ । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३र०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो । 

गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपर...

पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो । सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दि...

मोहम्मद अफताब आलमको मृत्यु

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ । कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज केएमसीमा रहेका उनको गएराति  निधन भएको हो ।

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।

अस्पतालका...