निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र केन्द्र तोकेको छ । आयोगले बुधबार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सात वटै प्रदेशको राजधानीमा मतदान स्थल रहनेछ ।
तोकिएका मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ । यी मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र ख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएका छन् । निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्
काठमाण्डौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो। जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १०...



