शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

Main News Image

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि ‘रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ स्वीकृत भई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पठाइएको जनाएको छ ।

नेपाल सरकार ९मन्त्रिपरिषद्० को गत २०८२ चैत १३ गतेको निर्णयबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नं ५९ बमोजिम देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनलाई एकीकृत रूपमा सुदृढ गर्ने उद्देश्यले विद्यमान रोजगार सेवा केन्द्रलाई ६० दिनभित्र रूपान्तरण गर्ने नीतिगत मार्गदर्शन प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

काठमाडौं उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य निर्धारण : न्युरोड, दरबारमार्ग र माइतीघर क्षेत्र सबैभन्दा महँगो

काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३र८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन् । मालपोत कार्यालयहरूले जग्गाको प्रयोजन र बाटोको पहुँचका आधारमा...