विदेशी मुद्राको विनिमय दर, डलर १५२ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७६ रुपैयाँ तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५५ पैसा रहेको छ ।
स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ। यस्तै क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५० पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो !
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार...



