आइतबार, २५ असोज २०८३
नेपाली

युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी

Main News Image

काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएका छन्। तीमध्ये ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला रहेका छन् ।

तथ्यांक अनुसार २८ हजार ३ सय ८३ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसबीच इरान, अमेरिका र इजरायलबीचको युद्धका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा जोखिम बढेपछि सरकारले खाडी तथा अन्य केही देशमा श्रम स्वीकृति अस्थायी रूपमा रोकेको छ। युद्ध सुरु भएको १७ दिन बितिसकेको छ र इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ। यसले यूएई, कतार, साउदी अरेबिया, ओमान र बहराइनमा रहेका नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

दुर्गा प्रसाईं पक्राउबारे मानव अधिकार आयोगको चासो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट म...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अदालतले दिएन म्याद, भए रिहा

काठमाण्डौँ । दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन् । सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो। उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डि...

मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा

काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...

नेपाल र साउदीबीच श्रम सम्झौता

काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।

<...

‘पदयात्रामा जानुअघि मौसमबारे जानकारी लिनू, एक्लै यात्रामा ननिस्कनू’

काठमाडौँ । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...