बुधबार, १७ भदौ २०८३
नेपाली

बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने

Main News Image

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नागरिकलाई मानवीय सहायताका रूपमा ग्यास उपलब्ध गराउने घोषणा गरेको हो ।

गत भदौ १० गते बुधबार बिहान आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले राहतस्वरूप उपलब्ध गराइने ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित प्रभावित वर्गसम्म पुर्‍याउने जनाएको छ । संघका अध्यक्ष दीवानबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गरी राहत घोषणा गरिएको जनाइएको छ ।

संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्न पनि संघले अपील गरेको छ । विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभएको भन्दै संघले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्षलाई मानवीय भावनाका साथ हातेमालो गर्न आग्रह गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको...

एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्त...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ८५ रुपैय...

ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...

विकास बजेट खर्च गर्न कर्णाली सरकार असफल, साढे १२ अर्ब रुपैयाँ फ्रिज

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न नसक्दा साढे १२ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत मात्र खर्च ह...

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, ९ दिन लामो आन्दोलन स्थगित

काठमाडौँ । विगत ९ दिनदेखि चलिरहेको मिटरब्याज विरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएसँगै अन्ततः स्थगित भएको छ । गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन...